Logo

सार्वजनिक शौचालयको अवस्था नाजुक



काठमाडौँ, मङ्सिर ३ । काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक शौचालयको अवस्था ज्यादै दयनीय छ । आगामी वर्ष २० लाख पर्यटक ल्याउन महŒवाकाङ्क्षी लक्ष्यसमेत अगाडि सारिरहेका बेला शौचालय सुधार अनि जरुरी नै भएको छ । तोकेको शुल्क तिरेर प्रयोग गर्नुपर्ने शौचालयको सुधार गर्नेतर्फ कसैको ध्यान पुगेको नदेखिए पनि स्मार्ट शौचालय बनाउने तयारी भने सार्वजनिक भएको छ ।
काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अगाडि सारेको छ । निजी संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने तयारी गरिरहेको जानकारी सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनले सार्वजनिक हित र सहरी सरसफाइमा सहयोग पु¥याउन सार्वजनिक शौचालय थप्ने र स्थान अभाव भएको स्थानमा स्मार्ट शौचालय निर्माण गर्न आयोगले नक्सा तयार गरिसकेको जानकारी दिए ।
तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्याका कारण काठमाडौँका धेरै नयाँ ठाउँमा सहरी गतिविधि बढिरहेको छ । सरसफाइका लागि सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको छ । यस अभियानलाई फोहोर पानी र दिसाजन्य फोहोरको प्रशोधनसहितको शौचालयको हरेक नागरिकको पहुँच पुगे मात्र सफल हुने देखिन्छ ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्