Logo

माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न, अर्थतन्त्र बलियो बनाउने दिशामा सरकार



काठमाडौंँ, मङ्सिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्थतन्त्रको बलियो जग निर्माण गर्ने दिशामा अग्रसर रहेको बताउनुभएको छ । माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सोमबार उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य यथासम्भव छिटो प्राप्त गर्ने गरी विकास तथा पूर्वाधार विस्तारलाई तीव्रता दिइएको बताए ।
नुवाकोट र रसुवामा बनेको ६० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित उच्च प्रविधियुक्त कक्षबाट उद्घाटन गर्नुभएको हो । आयोजनाको बाँधस्थल रसुवाको उत्तरगया गाउँपालिका–१, सल्लेटारमा छ भने विद्युत््गृह नुवाकोटको किस्पाङ–५ मा बनाइएको छ ।
आयोजनास्थलमा आयोजित सभाको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित उच्च प्रविधियुक्त कक्षबाटै सम्बोधन गर्नुभएको थियो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा प्राप्त गर्ने दिशामा यस्ता आयोजना महìवपूर्ण हुने बताए ।
“गरिबी निवारण, आयात कटौती र निर्यात बढाउने काम प्रभावकारी बनाउन यो आयोजनाले विद्युत् आयात घटाएर कृषिको आधुनिकीकरण र उद्योग सञ्चालन गर्न सकारात्मक योगदान गर्ने छ”, उनले भने, “निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौँ । ”
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न यस्ता आयोजनाहरूको निर्माणलाई तीव्रता दिइएको प्रधानमन्त्रीले स्पष्ट पारेका थिए । । “सामाजिक न्याय, सुशासन र जनतामा सहज सेवा उपलब्ध गराउन हामी पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेका छाँैं”, उहाँले थप्नुभयो, “यसका माध्यमबाट हामी तीन वर्षभित्र अतिकम विकसितबाट माथि उठ्ने छौँ भने १०÷११ वर्षमा देशलाई मध्यम आय भएको देशका रूपमा पु¥याउने छाँैं । ” यो आयोजनाबाट विद्युत््को नियमित उत्पादन सुरु हुँदा सबै देशवासी खुसी भएको टिप्पणी उनले गरे ।
अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले निर्माणमा ढिलाइ र लागत बढ्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्ति त्याग्न आह्वान गरेका थिए । । “आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने तर मुआब्जा लिनु पर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ”, उनले भने, “यसले कम मूल्यमा धेरै विकास परिणाम हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ । ”

जीर्ण आयोजनाको रूपान्तरण
नौ वर्षअघि ठेक्का सम्झौता भएको जलप्रवाहमा आधारित सो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण ९ईपीसी० मोडलमा चार वर्षभित्र बनाउने तय गरिएको थियो । विद्युत््गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिजस“ग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार आयोजना २०७१ जेठमा बनिसक्नुपर्ने थियो तर यो समयसम्म आयोजनाको काम २५ प्रतिशत मात्र सम्पन्न भएको थियो । दुई पटक म्याद थप गरेर आयोजना २०७६ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण पछिल्लो थप समयमा सकिएको हो ।
आयोजनाको विद्युत््गृह भूमिगत वा सतही कस्तो बनाउने, उत्पादन क्षमता ९० मेगावाट पु¥याउने विवाद, मुआब्जा विवादजस्ता कारणले आयोजना नै जीर्ण बन्न पुगेको थियो । लगत्तै २०७२ को भूकम्पका कारण निर्माणमा थप अवरोध उत्पन्न भएको थियो ।
भूकम्प र पहिरोले आयोजनाको बा“धको दाया“बाया“ र प्रवेश मार्गका विभिन्न स्थान क्षतिग्रस्त बन्यो । आयोजना बनाइछाड्ने सरकार र प्राधिकरणको अठोटलाई साथ दिने गरी मन्त्रिपरिषद्ले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दियो । यसका लागि ६१ करोड १९ लाख रुपियाँ थप खर्च भएको थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनिया“ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण अवधिको ब्याजसहित १७ अर्ब ३२ करोड रुपियाँमा आयोजना निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आयोजनामा चिनिया“ एक्जिम बैङ्कको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण छ ।
आयोजनाको पहिलो र दोस्रो युनिट ९३०÷३० मेगावाट०बाट क्रमशः गत जेठ ३ र साउन १७ देखि परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै आयोजनाबाट व्यावसायिक रूपमा विद्युत्् उत्पादन सुरु भएको छ ।

लोड सेन्टरमै बिजुली
आयोजनाबाट उत्पादित विद्युत्् किस्पाङ–५, सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडाँैंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । यसले प्राधिकरणलाई विद्युत् माग आपूर्ति व्यवस्था चुस्त राख्न सहयोग पुगेको छ ।
आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १।३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट विद्युत्् आपूर्ति गरेको छ । सो सब स्टेसनबाट काठमाडाँैंको बाडभञ्ज्याङसम्म ३८।६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४।८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १।४५ किलोमिटर २२० केभी फोर
सर्किट प्रसारण लाइनलाई भूमिगतसमेत गरिएको छ ।
आयोजनाकै खर्चबाट बनाइएको सो प्रसारण लाइनबाट त्रिशूली र मस्र्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका अन्य जलविद्युत् आयोजनाहरूको विद्युत् मुख्य खपत क्षेत्र काठमाडौँ उपत्यकामा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गर्न पूर्वाधार पनि तयार भएको छ ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्