Logo

विप्लव निकट दुई पत्रकार पक्राउ



काठमाडौं, मंसिर ३ । चन्दा असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूह निकट दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका प्रह्लाद न्यौपाने र रामचन्द्र न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

न्यौपानेलाई चन्दा माग्दै गरेको अवस्थामा एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ गरेको प्रहरीको भनाई छ । न्यौपाने दाजुभाइ रहेको खुल्न आएको छ ।

पक्राउ परेका दुई मध्ये रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको प्रहरीले बताएको छ । प्रल्हादमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्



प्रतिक्रिया दिनुहोस्