Logo

बिना मगरका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई



काठमाडौं, मंसिर ३ । पूर्वमाओवादी समूहबाट मन्त्री बनेकी खानेपानीमन्त्री बिना मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ।

छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषद्बाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि दाहाल सहमत नभएको स्रोत बताउँछ। मंगलबार फेरि छलफल गर्ने भन्दै दाहाल बालुवाटारबाट बाहिरिएका थिए।

कार्यसम्पादन राम्रो देखाउन नसकेका मन्त्रीलाई बिदा गरेर प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्न चाहिरहेका छन्। यसो गर्दा उनले बहालवाला र दोहोरिने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेरको तयारी गरेको स्रोत बताउँछ।



प्रतिक्रिया दिनुहोस्