Logo

अयोध्यामा सुरु भयो अर्को विवाद



काठमाडौँ, ३ मंसिर । भारतमा सर्वोच्च अदालतले अयोध्यामा मन्दिर र मस्जिदको विवाद टुंग्याउँदै उक्त भूमि मन्दिरका लागि भन्दै फैसला गरिदियो । अदालतले रामललाका लागि जमिन सुम्पिए पनि फेरि नयाँ विवाद उत्पन्न भएको छ ।

अदालतले मन्दिर बनाउन सरकारबाट तीन महिनाभित्र एक ट्रस्ट बनाउनुपर्ने आदेश दिएको थियो । तर मन्दिर निर्माण अभियानका साधु–सन्तका विभिन्न संगठनबचि विवाद उत्पन्न भएको छ । ट्रस्टमा सामेल हुने वा नहुने भन्ने विवाद सुरु भएको छ । कतिपयले त ट्रस्ट नै आवस्यक नरहेको तर्क समेत गर्न थालेका छन् ।

यतिसम्म कि, केही साधु सन्तले आफ्ना विपक्षी संगठनका अभियन्ताविरुद्ध अपशब्द बोल्दै आक्रोशित बनेका छन् । तपस्वी छावनी, परमहंसदास लगायत साधु अभियन्ताहरुबीच मतभेद् र विवाद चरम उत्कर्षमा पुगेको हो ।

एकातिर सरकारले ट्रस्ट बनाउन आदेश दिएको छ । तर यअघि नै तीनवटा ट्रस्ट यहाँ अस्तित्वमै छन् । जसले गर्दा नयाँ ट्रस्ट गठन गर्न र मन्दिर निर्माणको काम व्यवस्थित गर्न कठिन भएको टिप्पणी हुन थालेको छ ।

यसबारे बिबिसी हिन्दीमा प्रकाशित भारतीय पत्रकार समीरात्मज मिश्रले लामो रिपोर्ट लेखेका छन् । जहाँ अयोध्या विवाद अदालतको फैसलाले टुंग्याए पनि नयाँ विवाद सुरु भएको तथ्य र तर्क भेटिन्छ ।
अन्नपूर्ण दैनिकबाट



प्रतिक्रिया दिनुहोस्