Logo

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो



काठमाडौं, मंसिर ३ । युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट त्यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरेका छन्। सो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी गराए ।

उक्त अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव धु्रवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी रहेका थिए। मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४०औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा रहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्