Logo

चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने



काठमाडौँ, मंसिर ३ । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । मखमली चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाई गाउँले परिवेशमा देख्न सकिन्छ ।

राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा कलाकार सविन बास्तोला, शारदा गिरी, कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारको अभिनय रहेको छ । मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेख्नुभएको छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा बसन्त सापकोटाले संगीत दिनुभएको हो । चलचित्रमा रामेश्वर हुमगार्इंको छायांकन रहेको छ ।

२१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत् नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ ।
गोरखापत्र अनलाइनबाट



प्रतिक्रिया दिनुहोस्