Logo

मेडिकल कलेजमा ९ घण्टा छापा



वीरगन्ज, मंसिर ३ । वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्।

विभागबाट आएको टोली मेकिडल कलेजमा दिउँसो १ बजे नै छिरेको थियो। पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार आइतबारै राति साढे ९ बजे टोली त्यहाँबाट निस्किएको थियो।

९ घण्टे छापामा टोलीले कलेजसँग विभिन्न कागजात झिकाएर अध्ययन गरेको थियो। विभागका अधिकृतहरूको सो टोलीले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको कार्यकक्षमै कागजात र फाइल झिकाएर अनुसन्धान गरेको कलेज स्रोतले जनाएको छ। सो क्रममा मेडिकल कलेजका चार्टर्ड एकाउन्टेन्टलाई समेत विभागको टोलीले उपस्थित गराएर सोधपुछ गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्