Logo

ग्यासको अभाव हल्ला मात्र



काठमाडौं, मंसिर ३ । सम्भावित नेपाल–भारत तनाव र नाकाबन्दीसम्मको अनुमानले खाना पकाउने ग्यासको जम्माखोरी होर्डिङ भएको छ।

नियमित आपूर्ति भइरहे पनि जम्माखोरीका कारण ग्यासको सुलभ आपूर्ति गर्न समस्या भएकोमा यो साताभित्र समस्या समाधान भइसक्ने एलपी ग्यास उद्योग संघले जनाएको छ।

उद्योगीका अनुसार हल्लाका भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर साटेर भण्डारण गरेका कारण ग्यास आपूर्तिमा समस्या भएको हो।  गलत प्रचारबाजीका कारण आमउपभोक्ता त्रसित भएर आवश्यकताभन्दा बढी परिमाणमा सिलिन्डरमा ग्यास भरेर घरमा भण्डारण गर्न थालेका छन् ।

मासिकरूपमा एक थान सिलिन्डर खपत गर्ने उपभोक्ताले अहिले एकैपटकमा चारवटा सिलिन्डर भरेर घरमा जम्मा गरेका कारण बजारमा कृतिम अभाव जस्तोमात्र देखिएको हो। यसले गर्दा एउटाले अत्यधिक पाएको र अर्कोले एउटै नपाएको अवस्था सिर्जना हुँदा बजारमा अभावको हल्ला फैलिएको छ ।

भारतबाट दिनहुँ पर्याप्त परिमाणमा ग्यास आपूर्ति भइरहेकाले हल्लाको भरमा परी आवश्यकताभन्दा बढी परिमाणमा सिलिन्डर भण्डारण गर्न आवश्यक छैन । तर भ्रमपूर्ण हल्लाकै कारण अहिले बजारमा करिब ३० प्रतिशतले ग्यास सिलिन्डरको माग बढेको छ।आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्