Logo

स्थानीय तहमा कर्मचारी भर्ना प्रकृया बढ्यो



काठमाडौँ, मंसिर ३ । प्रदेश ३ सरकारको संरचना र स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्तिसँगै कर्मचारी परिपूर्ति सुरु हुने अपेक्षा सरकारको छ ।
प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमा श्रेष्ठले शपथग्रहनसँगै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले पद तथा गोपनीयताको शपथग्रहन गराएपछि उनले सोमबारै प्रदेश लोकसभा आयोगको कार्यालयमा पदभार गह्रण गरेका हुन् । नवनियुक्त श्रेष्ठले प्रदेश लोकसेवा आयोगलाई निष्पक्ष ढङ्गले अघि बढाउने प्रतिवद्धता जनाएका छन् । पत्रकारसँग प्रतिक्रिया दिँदै पूर्व सचिवसमेत रहेका उनले सबैलाई समान ढंगले निष्पक्ष रुपमा काम गर्ने बताए ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्