Logo

ओखर बेचेर प्रतिवर्ष तीन करोड भित्र्याउछ जुम्ला



जुम्ला, मंसिर ३ । चन्दननाथ नगरपालिका २ का जयकृष्ण आचार्यले ओखर बेचेर ३५ हजार रुपैयाँ कमाए। पहिलो पटक ओखर बेचेर ३५ हजार कमाउदा निकै उत्साहित बनेँ। उनले अहिले व्यवसायिक रुपमा ओखर खेती गरिरहेका छन्।

ओखरको बगैँचामा रहेका चारवाट बोटमा फलेको ओखरले ३५ हजार रुपैयाँ कमाउँदा ओखरखेती प्रति निकै आकर्षण बढेको उनी बताउँछन्। आगामी पाँच वर्षमा ओखर बेचेर पाँच लाख रुपैयाँसम्म कमाउन सक्ने गरी बगैचाँ व्यवस्थापनमा जुटेका छन्। ओखरमा खासै दुख छैन्,उनले भने,‘शुरुको चरणमा हुुर्काउन दुख हुन्छ। हुर्केपछि खासै दुख हुदैन्। किसानका लागि कम मेहनतमा बढी आयआर्जनमा सहयोग पुग्ने खेती ओखर नै हो। ’

जुम्लाको १ सय ९० हेक्टरमा ओखर खेती हुन्छ। एक वर्षमा पन्ध्र टन ओखर फल्छ। यहाँको ओखर कोसेली घरमा पुगेर प्याकेजिङ गरेर बिक्री गर्ने गरिएको छ।काठमाण्डौ, पोखरा, नेपालगंज र सुर्खेत लगायतका अर्गा्निक पसलमा यहाँको ओखर खपत हुने गरेको छ ।

कृषि विकास कार्यालय जुम्लाले ओखर प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। तिन रोपनी जग्गा एकै कलष्टरमा भएका किसानको समुह बनाएर विरुवा, काटछाट, रोगकिरा, सिचाइँका क्रियाकलाप उपलव्ध गराउने आएको कृषि विकास कार्यालय जुम्ला बताउँछ। ओखर बेचेर जुम्लाले दुइ करोड ५० लाख रुपैयाँ भित्र्याउछ।

अहिले जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको एकमात्र रोजाइ ओखर हुने गरेको छ। त्यहाँको कोसेली व्यापारीले साउन महिनादेखि यता झण्डै ६ क्वीन्टल ओखर बेचिसकेका छन् ।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्