Logo

चीनको रेल योजनाबारे सोध्दा जयशंकरले भने-भारतको नेपालसँग अहिले नै दुईवटा रेल कनेक्शन छ, अब पाँचवटा हुन्छ



काठमाडौं, ३ मंसिर । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नेपालसँगको सम्बन्ध विशेष भएको भन्दै चीनसँगको सम्बन्धसँग तुलना हुन नसक्ने बताएका छन् । उनले नेपालसँग खुल्ला सीमा रहेको उल्लेख गर्दै पृथह सम्बन्ध अन्य देशसँग तुलना हुननसक्ने तर्क गरेका हुन् ।
भारतसँग नेपालको खुल्ला सीमा छ र चीनसँग त्यस्तो धेरै छैन ।

‘धेरै नेपाली कामको खोजीमा भारत आउँछन्,’ जयशंकरले जर्मनीको पत्रिका स्पिगेललाई अन्तवार्ता दिदै भनेका छन्, ‘कसरी यी विषयहरुलाई तुलना गर्ने ?’

चीनले हिमारपार नयाँ रेलसञ्जाल बनाउने योजना बनाइरहेकोमा भारतलाई समस्या छैन भन्नेबारे सोधिएको प्रश्नमा उनले सिधै नेपालसँगको सम्बन्ध उल्लेख गरे । नेपालसँग अहिले नै दुईवटा रेल कनेक्शन संचालनमा रहेको बताए । उनले भने, ‘केही वर्षमै पाँचवटा हुनेछन् । भारतले चीनलाई काउन्टर दिनका लागि नभई आफ्नै भूमिका निभाइरहेको जयशंकरको भनाई थियो ।

एशियामा चिनियाँ प्रभावको काउन्टर शक्तिका रुपमा भारत रहनेसक्नेमा पश्चिमाहरुको दृष्टि रहेको प्रश्नमा उनले आफू अन्य मानिसका लागि काउन्टर शक्तिका रुपमा खेल्ने योजनामा नरहेको बरु आफ्नै उद्देश्यमा चल्ने जवाफ दिए ।

काश्मिरमा भारतको मात्र नभई पाकिस्तान र चीनको समेत नियन्त्रण रहेकोमा पश्चिमाहरुले उनीहरुको आलोचना नगरेको प्रश्नमा उनले कुटनीतिक जवाफ दिए । उनले पाकिस्तानको कडा आलोचना गर्दै भने, ‘मलाई लाग्छ पाकिस्तान के हो भन्ने दुनियाँलाई थाहा छ । त्यो देशले खुल्लमखुल्ला आतंकवादी उद्दोग चलाउँछ ।’ Photo Source: Bloomberg



प्रतिक्रिया दिनुहोस्