Logo

‘सेल्फी किङ’ मा विपिनको नयाँ लुक्स



काठमाडौं, मंसिर ३ । ६ बर्षअधि ‘छड्के’ मा सामान्य भूमिकाबाट फिल्मी यात्रा सुरु गरेका विपिन कार्की अहिलेका कुसल अभिनेतामा गनिन्छन् । त्यसो त रंगकर्मीदेखिको उनको फिल्मी यात्रा अहिले कुशल अभिनेताको उपमा पाउँदासम्म उनले निकै मेहनत गरेको स्वयम्लेनै सुनाउने गरेका छन् ।

यतिबेला ‘सेल्फी किङ’ को छायाङकनको तयारीमा रहेका उनी उक्त फिल्ममा आफु हास्य कलाकारको रुपमा अभिनय गर्न गैरेको सुनाउन्छन् । सोमबार सार्वजनिक गरिएको उक्त फिल्मको फस्र्ट लुकमा विपिन अभिनीत गोपाल दाहालको चरित्रमा देखाँ पर्ने भएका हुँन् ।

विसाल सापकोटाको पहिलो नर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् भने उनको अनुहारको भाव पिडामा देखिन्छ ।

हास्य कलाकारले आफ्नो पिडा लुकायर भएपनि कसरी दर्शकलाई हसाँउन्छ भन्ने उक्त फस्र्ट लुकमा देख्न सकिन्छ । आगामी माघ २४ गतेबाट प्रर्दशनीमा आउने उक्त ‘सेल्फी किङ’को पोस्टमा पनि उक्त थिम देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्रीको रुपमा केकी अधिकारीको भूमिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्