Logo

खाध्यभित्रै बिचौलियाः किसानलाई सर्मथन मूल्यभन्दा ६ सय कम



कैलाली, मंसिर ३ । व्यापारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मिलेमतोका कारण किसान समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ ।

उक्त समस्याका कारण सरकारले यस वर्षका लागि तोकेको मूल्यभन्दा बिचौलियालाई प्रतिक्विन्टल ६ सय रूपैयाँ सस्तोमा धान बेच्न कैलालीका किसान बाध्य भएका छन् । खाद्यले खरिद नगर्ने र व्यापारी तथा बिचौलियाको सिन्डिकेटका कारण सधै जसो उक्त प्रकारले किसान ठगिदै आएका छन् ।

गहुँ खेती लगाउन मल, सिँचाइ लगायत खर्चको लागि बिचौलियालाई सस्तोमा धान बेच्नुको विकल्प नरहेको किसानले पिडा पोख्ने गरेका छन् ।

सरकारले मोटो धानको २५ सय ३२ रूपैयाँ ८० पैसा र मसिनोको २६ सय ७३ रूपैयाँ समर्थन मूल्य तोकेपनि किसान प्रतिक्विन्टल १९ सयका दरले धान बेच्न बाँध्य रहेका छन् ।प्रतिक्विन्टल १९ सयमा बेच्दा लागत पनि नउठने किसानले बताउने गरेका छन् ।

सरकारले समर्थन मूल्य तोके पनि खाद्य संस्थानले खरिद नगर्ने र बिचौलिया व्यवसायीको सिन्डिकेटका कारण किसानले सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्न त्यसक्षेत्रका किसान बर्षौदेखि बाध्य छन् ।कैलालीमा मात्र करिब चार लाख मेट्रिक टन धान उत्पादन हुन्छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्