Logo

‘विना मगरलाई मन्त्रीबाट नहटाउन प्रचण्डको दबाब’ बारे समाचार आएपछि सचिवालय बोल्यो- मन्त्रीमण्डल पुर्नगठन प्रधानमन्त्रीकै क्षेत्राधिकार (विज्ञप्तिसहित)



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनका लागि तयारी गरिरहँदा प्रचण्डको असहमतिबारे खबर बाहिर आएपछि त्यसप्रति प्रचण्डले गम्भीरता व्यक्त गरेका छन् । उनको सचिवालयले मन्त्रीमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको भन्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा प्रचण्डलाई जोडिएकोमा असन्तुष्टि जनाएका छन् ।

‘वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ,’ प्रचण्डको सचिवालयले विज्ञप्तिमा भनेको छ, ‘मन्त्री मण्डल फेबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको छ ।’

प्रचण्डको सचिवालयले मन्त्रीमण्डलमा व्यक्ति विशेषलाई सरकारमा निरन्तरता दिन कुनै जोड नदिएको सन्देश दिन खोजेको छ । विशेषगरी प्रचण्डकी बुहारी विना मगरलाई सरकारमा निरन्तरता दिन प्रचण्डले अडान लिएको विषयप्रति सचिवालयले गम्भीरता देखाएको छ । विभिन्न सञ्चारमाध्यममा मन्त्रीमण्डल पुर्नगठन गर्दा विना मगरलाई निरन्तरता दिनुपर्नेमा प्रचण्डले जोड दिएको विषय बाहिर आएको थियो । यसकारण पुर्नगठनमा ढिलाई भइरहेको समाचारहरु प्रकाशित र प्रसारित भएका थिए ।

File Photo



प्रतिक्रिया दिनुहोस्