Logo

विदेसिनेका व्यथाः २८ नेपाली विदेशी कोमामा



काठमाडौं, मंसिर ३ । विदेश जाने सोच नबनाई स्वदेशमै केहि गर्ने सोच बनाएका दार्चुला दल्लेखका रामसिंह प्रमिला धामीअहिले साउदी अरेबियाको जेद्दास्थित एक अस्पतालको कोमामा रहेका छन् ।

६ महिनाअघि श्रीमतीको करकापमा बैदेशीक रोजगारीमा गएका उनको काम गर्दागर्दै लडेर टाउकोमा गहिरो चोट लागेको छ। सोही चोटका कारण यतिखेर उनी त्यहाँको अस्पतालमा भर्ना भएका छन्। पत्नीले घर फर्काउने प्रयास गरे पनि सफल हुन सकेकी छैनन्।

वैदेशिक रोजगार बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मलुक पुगेका कम्तीमा २८ नेपाली कोमा अचेत अवस्थामा उपचारत छन्। उनीहरु सबै जीवनमरणको दोसाँधमा पुगेका छन्।

बोर्डमा हालसम्म उक्त विवरण संकलन भएपनि त्यसभन्दा धेरै हुन सक्ने पनि अनुमान रहेको छ ।कोमामा पुगेका बिरामीलाई गन्तव्य मुलुकका रोजगारदाताले उपचार गर्न अप्ठेरो मान्न थालेका समेत पीडितका आफन्त बताउँछन्।

खाडी मूलुकका प्राय सबै देशमा उक्त पिडा बोकेका विमारीहरु रहेपनि सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत छन्। कतिपय पीडितका आफन्तले स्वदेश फर्काउनु पर्ने बताएका छन् भने कतिपय कोमामा पुगेको बिरामीलाई स्वदेश फर्काउँदा अत्यधिक खर्चिलो हुने भएकाले फर्काउनुअघि सरकार खर्च बेहोर्न तयार हुनुपर्ने बताउँछन्। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्