Logo

अर्जेन्टिना र उरुग्वेले बराबारी खेले



ईजरायल, ३ मंसिर । अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सम्पन्न भएको छ । इजरायलको तल अभिभमा गएराती भएको खेलको इन्जुरी समयमा लियोनल मेस्सीले एक गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन् ।

खेलमा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिना लागि सर्जियो अगुएरो र लियोनल मेस्सीले एक/एक गोल गरेका हुन् । अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्धपछि अर्जेन्टिना लागि मेस्सीको यो लगातार दोस्रो खेलमा गोल हो ।

शुक्रवार ब्राजिल विरुद्धको मैत्रिपूर्ण खेलमा मेस्सीले निर्णायक गोल गरेका थिए । गत जुलाईमा दक्षिण अमेरिकी फुटबल महासंघ र त्यसका अध्यक्षलाई भ्रष्टाचारीको संज्ञा दिएपछि मेस्सीमाथि तिन महिनाको प्रतिबन्ध तथा ५० हजार अमेरिकी डलर जरिवाना गराईएको थियो ।(एजेन्सी)



प्रतिक्रिया दिनुहोस्