Logo

फुटबल प्रशिक्षक र व्यवस्थापकमाथि छानविन गर्न गणेश थापाको माग



काठमाडौं, ३ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय टोलीका चार खेलाडी नाइट क्लबमा गएपछि कारबाहीमाप रेको घटनामा प्रशिक्षक र व्यवस्थापकमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । उनले खेलाडीहरु जतिकै व्यवस्थापक र प्रशिक्षक घटनाको जिम्मेवार भएको धारणा सार्वजनिक गरेका छन् ।

थापाले फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘जति खेलाडीहरु दोषी छन् त्यति नै व्यवस्थापकहरु तथा प्रशिक्षक हरु ले पनि जिम्मेवारी लिनुपर्दछ।’ आफ्ना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा रहेको अवस्थामा अनुशासनमा राख्ने जिम्मेवारी व्यवस्थापकको पनि रहेको उनको भनाई थियो ।

व्यवस्थापकहरु खाली विदेश जानका लागि मात्र हो ? भन्दै थापाले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाप्रति लक्ष्य गर्दै प्रश्न गरेका छन् । खेलाडीहरु बन्द प्रशिक्षणमा रहँदा एन्फा अध्यक्ष शेर्पा विदेश भ्रमणमा थिए ।

एन्फा अध्यक्ष शेर्पा एकपछि अर्को विवादमा मुछिइरहँदा पूर्व अध्यक्ष थापाको पछिल्लो भनाई सार्वजनिक भएको हो । शेर्पाको कार्यकालमा एन्फामाथि एशियाली फुटबल संघले कारबाही गर्ने देखि खेलाडी बन्द प्रशिक्षण छाडेर नाइट क्लबमा पुगेको घटना घटेको छ । यसैगरी, नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शन सन्तोषप्रद छैन । यसपटक घरेलु मैदानमा विश्वकप खेल्न नपाउने अवस्था बन्यो । एन्फा पदाधिकारीले समयमै पहल नगर्दा रँगशालाको पूर्वाधार उपयुक्त भएन । जसका कारण नेपालले होम खेल भुटानमा खेल्नुपर्ने अवस्था बन्यो ।



प्रतिक्रिया दिनुहोस्