Logo

नेपाल विश्वकप छनोट खेल्दै: भुटानी मैदानलाई होम ग्राउन्ड ठान्दै कुवेतविरुद्ध कडा चुनौती बन्ने



काठमाडौं, ३ मंसिर । आज विश्वकप छनोट फुटबलको छनोटमा नेपाल कुवेतविरुद्ध खेल्दैछ । नेपालले होम ग्राउन्डका ठान्दै थिम्पुको मैदानमा कुवेतको सामना गर्नेछ ।

काठमाडौं जस्तै भूगोल र मौसमका कारण नेपालले थिम्पुको मैदान रोजेको हो । उक्त मैदानमा नेपालले कुवेतविरुद्ध जीत्न नसकेपनि बराबरीको लक्ष्य लिएको छ । नेपाली टोलीका कप्तान किरण लिम्बूले कुवेतलाई कडा चुनौती दिने बताइसकेका छन् । खेलको अघिल्लो दिन सोमबार थिम्पूमा आयोजित पत्रकार सम्मेलनमा लिम्बूले भने, ‘हामी भुटानलाई कडा चुनौती दिनेगरी तयार छौं ।’

नेपाली प्रशिक्षक कालिनले खेल आफूहरुका लागि निकै महत्वपूर्ण रहेको भन्दै कडा संघर्ष गर्ने बताएका छन् । खेलाडीहरु उच्च मनोबलका साथ भुटान आइपुगेको बताए ।

कुवेती प्रशिक्षकले पनि नेपाललाई कम नआँकेको बताए । वातावरण र मौसम नेपालको जस्तै भएकाले थिम्पुको मैदान नेपालका लागि अनुकूल भएको उनको भनाई थियो । तर, कुनै हालतमा तीन अंक लिने लक्ष्य कुवेतको रहेको बताए । कुवेतका प्रशिक्षक थमेरइनाडले भने, ‘नेपाललाई हल्का रुपमा लिएका छैनौ किनभने नेपाल कमजोर टोली होइन ।’

नेपालले यसअघि कुवेतविरुद्ध उसको मैदानमा खेल्दा ७-० को हार व्यहोर्यो । यसपटकको खेलमा कुवेतलाई सजिलो छैन । उसका लागि थिम्पुको उचाईको वातावरण र मौसम अनुकूल नहुन सक्छ ।

नेपाली टोलीमा स्टार स्ट्राइकर विमल घर्तीमगर, आक्रामक मिडफिल्डर अञ्जन बिष्ट कारबाहीमा पर्नुले प्रतिकूल अवस्था छ । टोलीका चार खेलाडी कारबाहीमा परेपछि सुवास गुरुङ अन्तिम समयमा बोलाइए । तीन खेलाडी विना नै थिम्पु पुगेको थियो । तर, उच्च मनोबलका साथ थिम्पु पुगेको नेपाली टोलीले उत्कृष्ट नतिजा ल्याउने दाबी गरिएको छ । ठूला टोलीसँग नेपालले सन्तोषजनक प्रदर्शनहरु गर्न सकेको छैन । यसपटक यसलाई पूर्णविराम लगाउने आशा भने गरिएको छ । Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्