Logo

पार्टी चलाउने एकल अधिकार अब प्रचण्डलाई : हरिबोल गजुरेल



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री हरिबोल गजुरेलले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाउने बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटकर्वकबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले पार्टीको सम्पूर्ण अधिकार अब अध्यक्ष दाहाललाई दिने सहमति भएको खुलासा गरेका हुन् ।

उनले भने,‘हाम्रो पार्टीक एक व्यक्ति, एक पदको बहस हुँदै आएको थियो । अहिले दुई अध्यक्षबीच सहमति भएको छ । अब अध्यक्ष केपी ओलीले सरकार चलाउने सहमति भएको छ । र, अध्यक्ष प्रचण्डले पार्टी चलाउने सहमति भएको छ । एकजनाले पार्टी र अर्कोले सरकार चलाउने हो । अब पार्टी नेतृत्वको एकल अधिकार प्रचण्डको हातमा आएको छ ।’ त्यस्तै, उनले प्रधानमन्त्री उपचारको लागि विदेश जाँदा भने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलाउने जनाए ।

गजुरेलले मन्त्रिमण्डल पूनर्गठन ढिलाई हुनुमा पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकोले समय लागेको जनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठनको हल्ला गर्नुहुँदैन थियो, धेरै हल्ला भयो । त्यही भएर समस्या भयो ।’ यद्धपी उनले एक दुई दिनभित्रै मन्त्रिण्डल पूनर्गठनको कामपनि सम्पन्न हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्