Logo

मुसाले भरिएको हिन्दु मन्दिर, हुन्छ मनोकामना पूरा



करणी माताको मन्दिर एक प्रसिद्ध हिन्दू मन्दिर हो जुन राजस्थानको बीकानेर जिल्लामा अवस्थित छ । त्यहाँ देवी करणी माताको मूर्ती स्थापित रहेको छ । मन्दिर बीकानबाट ३० किलोमीटर दक्षिण दिशामा देशनोकमा स्थित छ ।

करणी माताको मन्दिर अनौठो मन्दिर हो । जहाँ लगभग २० हजार बटा मुसाहरु मन्दिरमा रहेका छन् । कालो मुसा मन्दिरको प्रसिद्ध मुसा हो । लाखौ पर्यटन तथा श्रद्धालु आफ्नो मनोकामना पूरा गर्न मन्दिरमा दर्शनका लागि आउने गर्छन् । करणी देवी जसलाई दुर्गाको अवतार मान्ने गरिन्छ । उक्त मन्दिरलाई मुसाको मन्दिर पनि भन्ने गरिन्छ । त्यहाँ मुसालाई काबा भन्ने गरिन्छ । तीनलाई भोजन गराउने र सुरक्षित गर्ने गरिन्छ ।

मन्दिर वरिपरी हिड्दा ओसियार पूर्वक हिड्नुपर्छ । किनभने त्यहाँ जताततै मुसाहरु रहेका छन् । हिड्ने क्रममा यदि पाउँ मुनी एउटा मुसो आयो भने यसलाई अपसगुन मानिन्छ ।

भनिन्छ, एउटा मुसो खुट्टाको माथि बस्यो भने देवीको कृपा भएको मानिन्छ । यदि सेतो रंगको मुसा देखियो भने मनोकामना पूरा हुने मान्यता रहेको छ ।
विहान पाँच बजे मंगला आरती र साझ सात बजे आरतीको समयमा मुसाहरुको जुलुसले सबैको मन लोभ्याउने गर्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्