Logo

केकी र रिमाको अपाङ्गता भएका आश्रितसँग सेल्फी



काठमाडौं, ३ मंसिर । नायिका केकी अधिकारी र रिमा विश्वकर्मा सामाजिक काममा पनि सक्रिय छन् । उनीहरु आश्रित बालबालिका देखि मेरुदण्डमा समस्या परेर उपचार गराइरहेकाहरु सम्म पुगेर हाँसो र खुशी बाँड्छन् ।

मंगलबार केकी र रिमा दुवैजना माकलबारी पुगे । जहाँ आश्रित बालबालिकाहरुलाई हौसला प्रदान गरे । मेरुदण्डमा समस्या भई उपचार गराइरहेकाहरुसम्म पुगेर हाँसो र खुशी बाँडे । दुवै नायिकाले मेरुदण्डमा समस्या भएकाहरुसँग सेल्फी खिचे । मेरुदण्डमा समस्या भएर व्हीलचियरको सहारामा सक्रिय भएकाहरुले पनि खुशी हुँदै उनीहरुसँग सेल्फी खिचे ।


Photo: FB



प्रतिक्रिया दिनुहोस्