Logo

सुन्दर नायिकाहरुको ज्ञानेन्द्र मोह



काठमाडौं, ३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह ७२ वर्ष कटिसके । बुढ्यौली चढ्दै गरेपनि उनको मनमा जवानीको जोस जाग्न थालेको छ । आजकल उनी नाइट क्लब र रेष्टुरेन्टहरुमा देखिनथालेका छन् । युवायुवतीसँग नाँचगान गर्दै सेल्फीमा रम्न थालेका छन् ।

पूर्व राजाको सुन्दर नायिकाहरुसँग तस्बिर समेत सार्वजनिक हुनथालेको छ । नेपाली चलचित्र नायिकाहरुमा उनीप्रतिको मोह देखिनथालेको छ । त्यसकारण उनी सेलिब्रिटीका रुपमा चर्चित हुनथालेका छन् । उनले ठमेलस्थित नाइटक्लबमा गुड फ्राइडेमा नाँचेपछि क्रेज झन् बढेको हो ।

शाहको पछिल्लो समय गीत संगीत नृत्यमा मोह बढेको छ । नाँचगानमा रमाउन थालेपछि पूर्व राजाप्रति नेपाली चलचित्रका नायिकाहरुले पनि चासो दिन थालेका छन् ।

ज्ञानेन्द्र शाहसँग नाम चलेका नायिकाहरुले सेल्फी र तस्बिर खिचाएका छन् । नायिका केकी अधिकारी र रिमा विश्वकर्मासँग ज्ञानेन्द्र शाहको तस्बिर सार्वजनिक भइसकेको छ । केकीले पूर्व राजा भेट्दा गर्ववान्वित भएको बताएकी छिन् ।

अर्की नायिका पूजा शर्माले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेर तस्बिर खिचाएकी छिन् । पूजाले पूर्व राजाको खुलेर प्रशंशा समेत गरिन् । उनले पूर्व राजालाई अन्तिम हिन्दु राष्ट्रका राजा भन्दै धेरै मिस गरेको लेखेकी छिन् । उनले पूर्व युवराज्ञी हिमानी शाहसँग पनि तस्बिर खिचाएर फेसबुकमा पोष्ट गरेकी छिन् ।

यसैगरी, नायिका करिश्मा मानन्धरले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेकी छिन् । उनले पूर्व राजासँग महामानवको गुण भएको भन्दै पूर्व राजा नाँचेको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, परिस्थिति अनुसार आफूलाई परिमार्जित गर्नु र प्रस्तुत हुनु महाँमावनको गुण हुन्, जे मनदेखि गरिन्छ त्यो जहिले पनि सत्य र उत्कृष्ट हुन्छ ।

पूर्व राजा शाह परिवारका साथमा रमाइलो गर्न देशबाहिर पनि गइरहन्थे । उनी बेला बेलामा थाइल्यान्ड पुग्छन् । पछिल्लो समय देशभित्रका सुन्दर ठाउँहरुमा घुम्न र रमाउन थालेका छन् । युवायुवती पुग्ने रात्रीक्लबमा पुगेर नाँच्न धक मान्दैनन् । उमेर चढ्दै गर्दा उनी रोमान्टिक बन्न छाडेका छैनन् । जी शाहका नामले समेत चिनिने शाह कला र साहित्यमा रुची राख्छन् । नाँचगान उनको रुचीको क्षेत्र हो । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्