Logo

मनोकामना पूरा गर्ने कालिञ्चोक भगवती



कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १७ किलो मिटर उत्तर कालिन्चोक गाउँपालिकामा अवस्थित मन्दिर ३८४२ मिटरको उचाईमा अवस्थित छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ । कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।

चरिकोटदेखि कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ । जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । कुरी बजारदेखि एक घण्टाको पैदल यात्राको दुरीमा केबलकार सञ्चालनमा आएको छ ।

मन्दिर दर्शन गरी फर्कने क्रममा खाजा र खानाको राम्रो व्यवस्था भएका होटलहरु सञ्चालनमा छन् ।  मन्दिरमा दर्शन गर्नाले सबै मनोकामना पूरा हुने धार्मिक मान्यता रहिआएको छ । भगवतीले जे माग्यो त्यो दिने धार्मिक विश्वासका साथ विभिन्न ठाउँबाट दर्शन गर्नका लागि भक्तजनहरु आउने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्