Logo

जंगली खरायो खाएपछि माहामारी



चीनको उत्तरी भित्री मंगोलिया प्रान्तमा एक शिकारलाई माहामारी भएको पत्ता लागेको छ । उक्त माहामारी शिकारीले जंगली खरायो खाएपछि शरीरमा प्लेग फैलिएको जनाइएको छ । यस प्रकारको रोगलाई बुबोनिक प्लेग भनिन्छ । बुबोनिक प्लेग एक सामान्य प्रकारको रोग हो । चीनमा अहिले यो रोगबाट दुई जना मानिस प्रभावित भइसकेका छन् । रोगलाई मानव इतिहासको सबैभन्दा घातक रोग भनिन्छ । यस्ता प्रकारको रोग फोक्सोमा लाग्ने गर्छ ।

रोगबाट संक्रमित भएको मानिसले हाछ्यूँ अथवा खोकिको माध्यमबाट अरु मानिसमा संक्रमण फैलिन सक्दछ । विश्व स्वास्थ्य संगठन अनुसार यस प्रकारको रोग एन्टिबायोटिकले रोकथाम गर्न सकिन्छ । तर नियमित रुपमा जाँच गरेन भने यसले ठूलो असर गर्न सक्छ ।

बुबोनिक प्लेग संक्रमित पिसो र संक्रमित जनावरको टिश्यू चलाएमा मानिसमा सर्न सक्दछ । यहि वर्ष मे महिनामा मंगोलियाली दम्पतीहरु मरमोटको काचो मृगौला खाएर बुबोनिक प्लेगबाट संक्रमित भएर ज्यान गुमाएका थिए । १४ औँ शताब्दीमा यूरोपको करिब पाँच करोड मानिसहरु प्लेगको संक्रमणमा परेका थिए । कोंगो, पेरु र माडागास्कर यी मूख्य तीन देश प्लेगबाट संक्रमित छन् । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्