Logo

चीनकी यी सुन्दरी नायिका वेपत्ता



चीनीयाँ चर्चित अभिनेत्री फ्यान बिंगबिंग यहि वर्ष जुनको महिनाबाट गायब भएकी छिन् । उनी चीनको अत्याधिक रकम लिने अभिनेत्री मध्ये एक हुन् । २०१५ मा टाईम पत्रिकाले उनलाई चीनको चर्चित अभिनेत्रीको रुपमा आफ्नो मूख्य पृष्टमा राखेको थियो । उनी चीनीयाँ फिल्म र हलिउडको चर्चित फिल्महरुमा देखा परेकी छिन् ।

उनी प्रख्यात फेसन सोहरुमा पनि देखिने गर्छिन् । उनी सामाजीक सञ्जालमा जुन महिना देखि केहि अपडेट नगरेको कारण उनी गायब भएको पुष्टि भएको छ । उनीमाथि कर छलि गरेको आरोप लागेपछि  गायब भएको जनाइएको छ । तर फ्यानका टिमले त्यसबेला कर छलि आरोप गलत रहेको ठहर गरेका थिए । उनले आफ्नो सामाजीक सञ्जाल मार्फत सरकारसंग कर छलि गरेको आरोपमा क्षमा मागेकी थिइन् ।

उनले करिब एक सय २७ मिलिअन डलर कर तिर्नु पर्नेछ । चीन सरकारद्धारा उनीमाथि अहिले सम्म कुनै अपराधिक घोषणा भएको छैन । कथित कर चोरी गरेको कारण चीनीयाँ कम्युनिष्ट पार्टीले  दुख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्