Logo

प्रचण्डको घरबेटीलाई जेल हाल्छौं : नेम्वाङ



काठमाडौं, ३ मंसिर । सरकारले अब समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले समयमै आयोजना सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताए । उनले भने,‘सरकारले काम नगर्ने र जिम्मेवारी पूरा नगर्ने ठेकेरदारहरुलाई कारबाही गर्छ ।’

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनकाअनुसार पछिल्लो समय काम नगरे विवादमा रहेका सबे ठेकेदारहरुलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ ।

उनले भक्तपुर–नगरकोट सडक खण्डको काममा ढिलासुस्ती गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै घरबेटी शारदा अधिकारीलाई पनि कारबाही गर्ने बताए । उनले भने,‘काम नगर्ने ठेकेरदारलाई सरकारले छोड्दैन्, शारदा अधिकारीलाई पनि जेल हाल्छौं । सरकारले कसैलाई छोड्दैन् ।’



प्रतिक्रिया दिनुहोस्