Logo

यूरोपामा पानीको वाफ (भिडियोसहित)



यूरोपा बृहस्पति ग्रहको ७९ औँ चन्द्रमाको रुपमा चिनिन्छ । नासाद्धारा त्यस सतहमा पानीको वाफ भएको पुष्टि गरेका छन् । ७९ औँ चन्द्रमाको बर्फि सतहलाई काट्ने खौरो रङको दरारहरु देखा परेको छ । चन्द्रमामा जीवनको लागी आवश्यक सामाग्रीहरु रहेको अनुमान गरेका छन् । चन्द्रमाका बर्फि सतह भित्र पानी रहेको नासाका विज्ञहरुले जनाएका छन् ।

नासाका विज्ञहरुले त्यो सतहमा वाफ भएको कुरा विश्वका ठूलो टेलिस्कोपद्धारा जाँच गरेर पुष्टि गरेका छन् । यूरोपामा वाफ भएको कारण यसको भित्री भागलाई अध्ययन गर्न सजिलो हुने बताए । त्यहाँ ठूलो सागर हुन सक्ने र  सागर पृथ्वी भन्दा दूई गुणा ठूलो हुन सक्ने विज्ञकरुले जनाएका छन् । बृहस्पति ग्रहका कडा विकिरणले वरफलाई पानी बन्न मद्दत गरेको छ । त्यो सतहमा अहिले सम्म तरल पानी भएको पत्ता नलागे पनि वाफको रुपमा पानी देखेको विज्ञहरु बताउँछन् ।

नाभेम्बरमा नासाका विज्ञहरुले त्यो सतहमा पर्याप्त रुपमा पानी निस्केको पत्ता लागाए । करिब दूई हजार तीन सय ६० के जी पानी सतहले निकालेको पत्ता लगाए । साथै अत्याधिक मात्रामा निकालेको पानीलाई पृथ्वीबाट अध्ययन गर्न सकिने विज्ञहरु बताउँछ ।  सतहको खोज ग्यालिलियो स्पेसक्राफ्टले १९९३ मा पत्ता लागेको थियो । Photo Source : NASA

 



प्रतिक्रिया दिनुहोस्