Logo

नेपालविरुद्ध कुवेतको गोल



काठमाडौं, ३ मंसिर । विश्वकप खेलिसकेको राष्ट्र कुवेतविरुद्ध नेपालले कडा चुनौती दिइरहँदा कुवेतले  गोल गरेको छ । खेलको २६ औं मिनेटमा कुवेती खेलाडीले डिबक्सबाहिरबाट गरेको प्रहार गोलकिपर किरण लिम्बूले बचाउन सकेनन् ।

भुटानको राजधानी थिम्पुस्थित मैदानमा भइरहेको विश्वकप छनोट खेलमा नेपाली रक्षापंक्तिले कडा चुनौती दिइरहेको छ । रँगशालामा नेपालको पक्षमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । यसअघिको खेलमा कुवेतले नेपालविरुद्ध सात गोल गरेकोमा आजको खेलमा आक्रामक खेल पनि खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्