Logo

वरुण ग्रहको चन्द्रमा पत्ता लाग्यो (भिडियोसहित)



नासाले वरुण ग्रहको दूईवटा चन्द्रमालाई पत्ता लगाएको छ। दूईवटा चन्द्रमा नेप्च्यून ग्रहको वरिपरि घुमिरहेको अवस्थामा पत्ता लगाएका हुन् । सानो चन्द्रमाको नाम नयाद र थलासा रहेको विज्ञहरुले बताउँछन् ।

यस चन्द्रमाको तस्बीर भ्वाइजर स्पेसक्राफ्टले सार्वजनिक गरेको थियो । चन्द्रमाहरुले नेप्च्यून ग्रहको परिक्रमा करिब १८५० किलोमिटरको रफ्तारले घुमिरहेको विज्ञहरुले जनाएका छन् । नयादले प्रत्येक सात घण्टामा नेप्च्यूनको विशाल वरफको परिक्रमा गर्छ भने थलासाले परिक्रमालाई पूरा गर्न साढे सात घण्टा लगाउँछ ।

नयाद र थलासा नृत्यको प्रकारले वरिपरि घुमिरहन्छ । यस्तै प्रकारको नृत्य अन्य चन्द्रमा, क्षुद्रग्रहहरु आफ्नो ग्रहको वरिपरि घुम्ने गर्छ । यस्तो प्रकारको नृत्य सुन्दा अलि अनौँठो लाग्न सक्छ तर यहि नृत्यले कक्षलाई स्थिर बनाउन मद्दत गर्दछ । नेप्च्यून ग्रहसंग १७ वटा चन्द्रमा रहेका छन् । त्यसमध्ये नेसो नामको चन्द्रमाले नेप्च्यून ग्रह घुम्न सबै भन्दा लामो समय लगाउने गर्छ । यसले करिब २७ वर्षमा घुमाई प्रक्रिया पूरा गर्छ । नयाद र थलासा  चन्द्रमा अरु भन्दा  सानो रहेको छ । नासाको हबल स्पेस हेलिस्कोपद्धारा यस्को विश्लेषण गरिएको थियो । Photo Source : NASA

 



प्रतिक्रिया दिनुहोस्