Logo

सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल



भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मंसिर १४ गते हुन गइरहेको उपनिर्बाचन मतदाताको लागि सरकारको मध्यावदी मुल्यांकनको अबसर भएको बताउका छन् । वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा पौडेलको रहेको छ ।

मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गरे । । सरकार दुइतिहाको आड्मा स्वेच्छाचारी बन्दै गइरहेकाले यो प्रवृत्तिलाई सच्याउन मतदाताको भूमिका महत्वपूर्ण हुने पौडेलको तर्क छ ।

“अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाईको दम्भ सहित सरकारबाट भएका गलत क्रियाकलापप्रति जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जान्छ” पौडेलले भने । सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।

बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताए ।

उपनिर्वाचत लक्षित घरदैलो कार्यक्रममा नेता प्रदिप पौडेल :

उपनिर्वाचत लक्षित घरदैलो कार्यक्रममा नेता प्रदिप पौडेल

तस्विर : सुशील भट्ट



प्रतिक्रिया दिनुहोस्