Logo

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ उपचारका क्रममा लण्डन प्रस्थान



३ मङ्सिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनि बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो ।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो ।जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

तीन पटकसम्म देशको प्रधानमन्त्री हुनुभएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उनका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका बताए । उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो । Photo Source : NDTV



प्रतिक्रिया दिनुहोस्