Logo

हार व्यहारेपनि कुवेतविरुद्ध नेपालको सन्तोषजनक प्रदर्शन



काठमाडौं, ३ मंसिर । पराजयका बाबजुद नेपालले कुवेतसँग विरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ । विश्वकप फुटबल छनोट अन्र्तगत भुटानको थिम्पुमा भएको खेलमा नेपालले कुवेतलाई कडा चुनौती दियो ।

खेलको २७ औं मिनेटमा कुवेतका बदेर अल मोटावेले नेपालविरुद्ध गरेको गोल नै निर्णायक बन्यो । कुवेती खेलाडीले डिबक्सबाहिरबाट गरेको प्रहार गोलकिपर किरण लिम्बूले बचाउन सकेनन् ।

खेलमा नेपाली रक्षापंक्तिले कडा चुनौती दियो । रँगशालामा नेपालको पक्षमा दर्शकहरुको उल्लेख्य उपस्थिति थियो । यसअघिको खेलमा कुवेतले सात गोल गरेको अवस्थाबीच आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आक्रामक खेल खेलेर कुवेतलाई चुनौती दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्