Logo

निलो व्हेलले पानीलाई पहेलो बनाउँदै गयो



अष्ट्रेलियाको समुन्द्रमा निलो व्हेलले समुन्द्री पानीलाई पहेलो बनाएको छ । छक्क पार्ने यो घटना अष्ट्रेलियाली ल्याण्डस्केप फोटोग्राफर इयान विसेले आफ्नो क्यामेरामा कैद गरेका थिए । निलो व्हेलले आफ्नो पुच्छरबाट हरीयो पहेलो रङ छर्दै गएको थियो ।

व्हेलले दक्षिणी तटकाट पश्चिमीतट गइरहेको क्रममा रङ छर्दै गएको घटना क्यामरामा कैद भयो। फोटोग्राफर इयानले यस्तो प्रकारको तस्बीर लिनको ड्रोनको प्रयोग गरेका थिए । उनले आवश्यक अनुमति समेत लिएर यसको प्रयोग गरेका थिए । फोटोग्राफर इयानका अनुसार व्हेलको मलको रङ पिन्क रेड हुनेगर्छ । यस्तो प्रकारको रङ अहिले सम्म इयानले नदेखेको पुष्टि गरेका छन् ।

Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्