Logo

गाडेको अवस्थामा फेला परेकी युवतीको मृत्युको कारण ‘कडा सम्भोग’



प्रेमीले गाडेको अवस्थामा फेला परेको एकजना युवतीको शवको अनुसन्धानपछि अदालतमा सुनुवाई हुँदा मृत्युको कारण ‘कडा सम्भोग’ भनिएको छ । न्यूजिल्यान्डको अकल्यान्डस्थित एक होटलमा कडा सम्भोगपछि युनिभर्सिटीकी विद्यार्थी ग्रेस मिलानी नामकी ती युवतीको मृत्यु भएपछि युवकले सुटकेशमा राखेर गाडेको सुनुवाईका क्रममा भनिएको छ ।

युवकको नाम गोप्य राखिएको छ र उनले हत्याको अभियोग अस्वीकार गरेका छन् । अकल्यान्डको अदालतमा भएको सुनुवाईका क्रममा मृत्युको कारण हत्या नभई ‘कडा सम्भोग’ का क्रममा दुर्घटना भनिएको छ । युवक र युवती दुवैले आक्रामक सम्भोग गरेका थिए र जोसका क्रममा युवतीको मृत्यु भएको दाबी गरिएको छ । यस्तो घटना विरलै हुन्छ र असम्भव हुँदैन भनिएको छ ।

अदालतमा मिलानीका साथीहरुसँग लिइएको बयानमा उनी पीडादायक आक्रामक सम्भोगमा चासो राख्ने बताइएको छ । उनले त्यससँग सम्बन्धित एप्सहरु पनि चलाएको तथ्य वकिलले अदालतमा पेश गरेका छन् ।

यसअघि युवकले होटलबाट दुईवटा सुटकेश लगेको र एउटामा युवतीको शव लगेको खुलासा भएको थियो । २१ वर्षीया युवतीको पहिचान खुलाईसकिएको छ । उनी २२ वर्ष पुग्दै थिइन् । जन्मदिनको अघिल्लो रात उनले आक्रामक तरिकाले सम्भोग गर्दा ज्यान गएको भनिएको छ । पुरुष २७ वर्षका थिए । अक्ल्यान्ड होटलमा दुवैबीच सहमतिमै कडा सम्भोग भएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्