Logo

चीनसँगको सम्बन्ध कस्तो छ ? यसो भन्छन् प्रदेश प्रमुख शेरचन



पोखरा, ३ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको स्पष्ट पारेका छन् । पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।

उनले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई हालै चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभएको भ्रमणसँगै अझै उचाइमा पु¥याएको बताए । चीनसँगको सम्बन्ध आगामी दिनमा अझै मजबुत बन्दै जाने विश्वास व्यक्त गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएको र गण्डकी प्रदेश चीनको सिमानासँग जोडिएका कारण सिमानाबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने विश्वास व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत हौ याङछीले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकोमा प्रदेश प्रमुख शेरचनलाई बधाई तथा शुभकामना दिईन् । नेपालको समग्र विकासका लागि चीनले निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन् । चीनले नेपाललाई गर्ने सहयोग नेपाल र नेपाली जनताका लागि हुने बताउँदै उनले आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै सुमधुर बन्दै जाने धारणा राखिन् । रासस



प्रतिक्रिया दिनुहोस्