Logo

मन्त्रिमण्डल पूनर्गठनबारे प्रधानमन्त्री ओलीलाई गगन थापाको यस्तो सुझाव

छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस्



काठमाण्डौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरिरहेको बेला युवा नेता थापाले मन्त्रिमण्डल पूनर्गठनको हल्लाले कार्यसम्पादनमा असर परेको कुरा उठाएका छन् ।

मंगलबार साँझ आफ्नो फेशबुक पेजमा एक स्टाटस पोष्ट गर्दै थापाले भनेका छन्,”प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो।तर मन्त्रीमण्डल चलाउने महिनौंदेखिको हल्लाले ति मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होलारुयो जनचासोको विषय हो। त्यसैले,प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस । “



प्रतिक्रिया दिनुहोस्