Logo

पूर्वराजाको डान्सले गणतन्त्र फेरि संकटमा पर्ने भयो : डा. आचार्य



काठमाडौं, ३ मंसिर । संविधानविद् डा. भीमार्जुन आचार्यले पूर्वराजा ज्ञानेन्द्र शाहको क्लब डान्सलाई लिएर टिप्पणी गरेका छन् । आचार्यले आफ्नो ट्विटरमा लेखेका छन्,”पूर्व राजाको डान्सले गणतन्त्र फेरि संकटमा पर्ने भयो ।” आचार्यले बास्तवमा पूर्वराजा शाहको डान्सले गणतन्त्र फेरि संकटमा पर्ने भयो भनेर नेताहरुमाथि व्यंग्य कसेको बुझिएको छ । आचार्यले सुरुवातदेखि नै नेपालमा संघीयता टिक्नै नसक्ने दाबी गर्दै आएका छन् ।

पूर्वराजा सार्वजनिक कार्यक्रममा जाँदा र जनतासँग साक्षात्कार हुँदा नेताहरुले उनको सक्रियतालाई लिएर टिकाटिप्पणी गर्दै आएका थिए । पूर्वराजा शाहको बारेमा सबैभन्दा बढि आलोचना गर्ने नेतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पर्छन् । पूर्वराजाले डान्स गर्दा कतै नेताहरुले गणतन्त्र फेरि संकटमा पर्ने भयो भनेर अभिव्यक्ति दिने हुन किन भन्ने व्यंग्य आचार्यले कसेको हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्