Logo

बझाङमा ५.७ रेक्टरको भूकम्प, एक घर भत्कियाे, मानवीय क्षति छैन



काठमाडौँ, ४ मंसिर । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर मंगलबार राती ७ बजेर १५ मिनेटमा ५।७ रेक्टर भूकम्प गएको छ । भूकम्पबाट खप्तड खन्ना गाउँपालिका १ का अडेकुला बस्ने भेजराज जेशीको घर भतत्किए पनि मानवीय क्षति नभएको र केही  पशुलार्इ सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ
भूकम्प मापन केन्द्र सुर्खेतकी कर्मचारी श्रद्धा ढकालका अनुसार गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा अलि फरक रहेको छ । उनका अनुसार, यसरी पटक पटक स–सना पराकम्पन जानु भनेको महाभूकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्छ ।
यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्पका गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भूकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरी २७ पटक भूकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । गएको जेठ ३१ गते पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पले क्षतिको बिबरण आउन बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमकाले बताए । यता खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाका भन्नुभयो सबै वडाहरुमा खबर गरि सकेका छौ , क्षतिको बिबरण आउन बाँकी छ । उनले भने, जहाँसम्म लाग्छ कुनैपनि क्षति भएको छैन । छिमेकी जिल्लाहरुमा समेत भूकम्पको धक्काको महसुस गरिएको छ ।

गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्