Logo

मरेको कुखुराको मासु खाँदा १५ वर्षीया किशोरीको मृत्यु, ९ जना बिरामी



काठमाडौँ, ४ मंसिर । बैतडीमा मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको घरमै मृत्यु भएको हो ।

मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिए।
नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्