Logo

ट्यांकर अपहरणः चालक भन्छन्, ‘बर्दिबासमा मलाई ओरालेर उनीहरु भागे’



सिरहा, मंसिर ४ । अमलेखगञ्जबाट विराटनगर डिजेल लिएर जाँदै गरेको ट्यांकर अपहरणमा परेको छ। आइतबार राति पूर्वपश्चिम राजमार्गको लहान–४ को हुलाक कार्यालय अगाडीबाट बाट ना ४ ख ४१६३ नम्बरको ट्यांकरलाई अज्ञात समूहले अपहरण गरेका हुन्। ट्यांकरसँगै सो समूहले चालक र सहचालकलाई समेत लगेका थिए।

हुलाक नजिक ट्यांकर रोकेर चालक र सहचालक विश्राम गर्दा चार, पाँच जनाको समूहमा आएर लगेको चालक रामदेव यादवले प्रहरीलाई बयान दिएका छन्।

‘यो ट्यांकर उग्रचण्डी पेट्रोल पम्पको हो भनेर सोधे। मैले हो भनें। अनि उनीहरुले बर्दिबासतिर लगे। बर्दिबासमा मलाई ओरालेर उनीहरु ट्यांकर लिएर भागे’ चालक यादवले प्रहरीसँग बयान भने। चालकले प्रहरीसँग दिएको बयान अनुसार २० हजार लिटर डिजेल रहेको थियो।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्