Logo

तालिबानको नियन्त्रणमा रहेका दुई विदेशी रिहा



काठमाडौं,मंसिर ४ । अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबान लडाकु समूहको नियन्त्रणमा रहेका दुई विदेशी नागरिक रिहा भएका छन्।

अफगान सरकारको थुनामा रहेका तीन वरिष्ठ तालिबान लडाकुलाई मुक्त गरिएपछि उनीहरुको नियन्त्रणमा रहेका दुई पश्चिमा व्यक्ति पनि मुक्त भएको बताइएको छ।

तालिबान नियन्त्रणमा रहेका अमेरिकी नागरिक केभिन किङ र अस्ट्रेलियन नागरिक टिमोथी विक्स मुक्त भएको बिबिसीले उल्लेख गरेको छ। उनीहरुलाई तीन वर्षअघि राजधानी काबुलस्थित ‘अमेरिकी युनिभर्सिटी अफ अफगानिस्तान’ प्रांगणबाहिरबाट तालिबान लडाकुले अपहरण गरेका थिए। उनीहरु सो विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।

यी दुई प्राध्यापकलाई रिहा गर्नका लागि अफगान सरकारले आफ्नो थुनामा रहेका तीन तालिबान उच्च लडाकु नेतालाई रिहा गरेको छ। अफगान सरकारको जेलमा रहेका तीन तालिबान लडाकु नेता अफगानिस्तानबाट कतार पुगिसकेको बिबिसीले जनाएको छ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्