Logo

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मानसिक रुपमा तयार रहन भनेपछि…



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रीपरिषद बैठक बोलाएका थिए । बैठकमा उनले मन्त्रीहरुलाई मन्त्रीमण्डल फेरबदलको जानकारी गराएका थिए ।

‘नयाँ कदम सोचिरहेको छु, त्यसका लागि मानसिक रुपमा तयार रहन सबैमा आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको भनाई गोरखापत्रले उल्लेख गरेको छ । ओलीले मन्त्रीमण्डल हेरफेरको स्पष्ट संकेत गरेपछि केही बेर मौनता छाएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले कुनै मन्त्री विशेषलाई इंकित नगरी भनेका थिए । उनको भनाईले जो कोही मन्त्री हट्न सक्ने देखिएको छ ।

यसैगरी, मन्त्रीमण्डल पुर्नठनको जानकारी पाएपछि केही मन्त्रीहरु मन्त्रालय जान छाडेका छन् । आपूर्तीमन्त्री मातृका यादव मन्त्रालय जान छाडेका छन् । अधिकांश पूर्व माओवादी सम्वद्ध मन्त्रीहरुको फेरबदल हुने स्रोतले बतायो । File Photo



प्रतिक्रिया दिनुहोस्