Logo

ट्रम्पलाई पामेलाको पत्र



काठमाडौं, मंसिर ३ । हलिउड अभिनेत्री तथा मोडल पामेला एन्डरसनले अ‍ेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेकी छन् । पामेलाले लेखेको पत्रमा विकिलिक्सका संस्थापक जुलियन असान्जलाई माफ गर्न अपिल गरिएको छ ।

पामेलाले ट्रम्प र उनकी पत्नी मेनेलिया ट्रम्पलाई सम्बोधन गर्दे लेखेको पत्रमा असान्जलाई रिहा गर्न आग्रह गरिएका छन् । चुनावको समयमा ट्रम्पले ‘फ्रि प्रेस’को कुरा गरेको पनि स्मरण गराएकी छन् । केहि समय पहिले विकिलिक्स वेबसाइटले अमेरिकी सरकारको गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । जुन वेबसाईटका संस्थापक असान्ज थिए ।

तपाई एक इमान्दार नेता भएको भन्दै ट्रम्पलाई उनले भ्रष्ट्राचार हटाउन तपाईलाइ जनताले चुनेका हुन प्रेषित पत्रमा उल्लेख छ । प्लेब्वाय मोडल रहिसकेकी पामेलाले असान्ज आफूलाई मन पर्नेमध्येको एक भएको यसअधिका समाचारहरुमा बताई सकेकि छन् ।



प्रतिक्रिया दिनुहोस्