Logo

ठेकेदारको बदमासी



काठमाडौं, मंसिर ४ । विराटनगरको ‘रोडशेष–रानी’ सडक कालोपत्रे गर्ने क्रममा ठेकेदार कम्पनीले बदमासी गरेको भेटिएको छ । धुलो नउडाइकन ‘प्राइमर कोट’ लगाउदै गुणस्थरहिन तरिकाले काम भईरहको पाइएको हो । सघन शहरि विकास परियोजना अन्तर्गतको उक्त सडकमा ठेकेदार कम्पनीले रमण कन्स्ट्रकनि ले काम गरिरहेको छ ।

प्राविधिक टोलीसहित मंगलबार गरिएको अनुगमनका क्रममा सडक कालोपत्रे गर्नुअधि थपरने ‘प्राइमर कोट’ धुलो सफा नगरिएको भेटिएको हो । रोडशेष चोकदेखि रानीसम्मको करिव पाँच किल्लोमिटर रोडको पिच गर्ने जिम्मा पाएको कम्पनीले लापरवाही तरिकाले काम गरिरहेको भेटिएको छ ।

उक्त सडक अन्र्तगत १३ सय मिटर क्षेत्रफलमा गुणस्तिरहीन काम भईरहेको फेला परेको जनाइएको छ । सडक निमार्णमा लापरबाहि भईरहेको स्थानियले जानकारी गराएपछि प्राविधिक टोलीसहितको अनुगमन गरिएको छ । अनुगमनको क्रममा उक्त लापरवाहि भएको पृष्ट्रि भएको छ ।

रमण कन्स्ट्रकसनले १७ करोड १२ लाखमा उक्त ठेक्का लिएको हो । २०७४ जेष्ठ २८ गतेदेखि काम थालेको कम्पनीले अहिलेसम्म १३ समय मिटरमात्रै कालोपत्रे गरेको छ । अन्नपर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्