Logo

जाजरकोटवासीलाई झस्काईरहने दिन



काठमाडौं, मंसिर ४ । मंसिर ४ आएपछि भेरी नगरपालिका ४ रामजानको टालका कैलाशसिंह खत्रीको मन भकान्छि । चार वर्षअधि २०७१ मंसिर ४ गते जिल्लाको भुर रावत गाँउनजिकै ५४ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनामा उनका छोरा प्रदेशसिंह खत्रीको मृत्यु भएको थियो । लक्का जवान छोरा दुर्घटनामा गुमाउन पुगेपछि उनको मन अझै थामिएको छैन् ।

‘नेपालगञ्जा जान्छु भने र विदा भएको छोरो कहिलै नफर्किनेगरि बिदा भएर गयो । मंसिर ४ हाम्रोलागि कालो दिन भयो ।’ उनी बताउन्छन् ।
छोराको मृत्यु भएपछि वुहारीपनि विवाह गरेर गईन । छोरा नाती हुर्काउने, पढाउने जिम्मा अहिले उनकै काँधमा छ ।

भेरिनगरपालिका २ कि लक्ष्मी खड्कालाई पनि उक्त घटनाले बेला बेला झस्काई रहन्छ । उनले उक्त घटनामा आफ्नो पति गुमाएको बताउन्छिन ।एक छोरा र एक छोरीको पालन पोषणको जिम्मा उनको काँधमा आएपछि अहिले परिवारको मूलि गुमाउदाको पिडाले पिरोलीरहने उनी बताउन्छिन् ।

खत्रि र खड्को जस्तै हालत दुर्घटनामा ज्यान गुमाएका ५४ जनाको परिवारकोे हालत अहिले यस्तै छ । जाजरकोट खलंगाबाट ६५ जना यात्रु बोकेर नेपालगञ्जका लागि छुटेको बस छिन्चु–जाजरकोट सडक खण्डको भुर नजिकबाट भेरी नदीमा खसेकोे थियो । थोत्रो बस चालको लापरवाही, क्षमताभन्दा बढी यात्रु राखिएको उक्त समय बस दुर्घटनामा परेको थियो । आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्