Logo

भिडियो प्रकरणले प्रहरी बिदामा



काठमाडौं, मंसिर ४ । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्बित सांसद मोहमद अफ्ताव आलम र प्रहरी अधिकृतबिच भएको संवादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन् ।

असोज २६ गते विहान अलमलाई पक्राय गरि इद्रिसगेटदेखि गौर त्याउने क्रममा जिपमा भएको भिडियो संबाद गरेका थिए । आलमले प्रहरी अधिकृतलाई थर्काउदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए ।

हाई प्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कस्तो अवस्थामा थिए मानवअधिकार र प्रचलित काननको खिलाफमा गरिएको थियो को भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जिपमै संवाद रेकर्ड गरिएको प्रहरीको भनाई छ ।

आलमले प्रहरी अधिकृतलाई थर्काउदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए । भिडियोको कारण प्रहरीलाई थप तनाव थपिएको छ । हाल कार्की विदामा बसेका छन् । आलमलाई जेल चलान गरिएकै दिनबाट जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका छन् । अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्