Logo

केपी ओली असफल प्रधानमन्त्री- सुरेन्द्र पाण्डे, नेता, नेपाली काँग्रेस



काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् । उनले सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली असफल भइसकेको बताएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

उपनिर्वाचनमा नेपाली कांग्रेस एजेन्डाबिहीन भयो रे नि किन ?
नेपाली कांग्रेस जनताको माझमा छ । जहाँ–जहाँ उपनिर्वाचन हुँदै छ, त्यहाँ नेता, कार्यकर्ताहरु पार्टीका कुरा लिएर गएका छन् । नेपाली कांग्रेसको आदर्श, सिद्धान्तले पनि जनतालाई बताइरहेका छन् । हामीले बनाएको संविधानको अवस्थाका बारेमा पनि निर्वाचनको माध्यमबाट भनिरहेको अवस्था छ । यो सरकार बनेको पुगनपुग दुई वर्ष भयो । विकास निर्मांण, शान्तिसुरक्षा, संविधान कार्यान्वयन, संघीयताका बाँकी कामलगायत सबैमा पूर्णतः असफल जस्तै देखिएको छ । जताततै अनियमितता, अराजकता, भ्रष्टाचार, बलात्कारलगायतका घटनाले मुलुक आक्रन्त छ । तिनै कुराहरु हामीले जनतालाई भनेका छौं । जनताको अधिकारको रक्षा र स्थापना गर्ने पार्टी नेपाली कांग्रेस हो ।
नेपाली कांग्रेसले पनि प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन नि ?
प्रमुख प्रतिपक्षले सदन चलेका बेला त्यसमार्पmत सरकारका कमीमकजोरी उठाउने हो । सदन नभएको बेलामा हाम्रा कार्यक्रमहरु गरेर सरकारलाई दबाब सिर्जना गर्न भन्ने हो । ंतिनै माध्यमबाट हामीले सरकारलाई उसका कमजोरीका बारे भनिरहेका छौं । देशमा जे–जति घटनाहरु घटेका छन् । त्यसमा नेपाली कांग्रेसले आफ्ना प्रतिक्रियाहरु दिइराखेको छ । हामीले सकेसम्म सरकारका कमीकमजोरीलाई सच्याउने प्रयास पनि गरेका छौं । लोकतन्त्तप्रति प्रतिबद्ध सरकारले प्रतिपक्षको आवाज छिटो सुन्छ । मुखले लोकतन्त्र भन्ने, काम र भावनामा त्यसको विश्वास नगर्ने सरकार भएकाले कतिपय हामीले भनेका कुराको सुनुवाइ भएको छैन । विगतका केही घटनाहरु पनि थिए, जुन सरकारले गर्न नचाहेको विषय जनतालाई जागरुक बनाएर त्यसको दबाबले सुन्न वाध्य बनाइएको थियो ।
प्रधानमन्त्रीले बढी सुल्क असुल्ने मेडिकललाई छोडिँदैन भन्दा पनि मेडिकल माफियाहरुको दादागिरी त कायमै छ नि ?
प्रधानमन्त्रीले भन्ने होइन, उहाँले त गरेर देखाउने हो । प्रधानमन्त्रीले बालुवाटारमा आफ्ना युवाहरु, विद्यार्थीहरु, आफ्ना कार्यकर्ता, पत्रकारलाई बोलाएर भन्ने होइन । एक्सनमा जानुपर्छ । उहाँ त बहुमतको सरकारमा हुनुहुन्छ अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ । मेडिकल माफिया, भू–माफिया, ठेकेदार माफियालगायत सबैखाले माफियालाई कारबाही गर्नुपर्छ । यस्तो छ, म यसो गर्छु भन्ने होइन । मुखले भनेर हुँदैन, कार्यान्वयन गर्नुपर्छ प्रधानमन्त्रीले त ।
केही मेडिकल कलेजलाई त उहाँले कारबाही गर्ने संकेत गर्नुभयो नि ?
त्यसको लागि हामी उहाँलाई धन्यवाद दिन्छौं । तर, प्रधानमन्त्री भन्ने पद बोल्ने होइन । त्यो काम गरेर देखाउने पद हो ।
केपी शर्मा ओली सफल प्रधानमन्त्री हो ?
उहाँ बिलकुलै असफल प्रधानमन्त्री हो । हामी सबै मिलेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनायौं । संघीयता हाम्रो लागि पहिलो कार्यान्वयनको चरण हो । यसमा उहाँ असफल हुनुहुन्छ । कसरी असफल भने संघीयता भनेको केन्द्रिकृत राज्य सञ्चालन प्रक्रिया होइन । हिजो जसरी केन्द्रिकृत सरकार थियो । त्यसलाई विकेन्द्रिकृत गर्न संघीयता बनाइएको हो । त्यो अनुसारको काम उहाँहरुले गर्न सक्नुभएको छैन । यो मैले भनेको होइन, अहिलेका जति स्थानीय तहका मुख्यमन्त्रीदेखि सांसद, मन्त्री, स्थानीयतहका नेता कार्यकर्ताले भनेको कुरा हो । यो कुरा उहाँकै पार्टीका नेता, कार्यकर्ताहरुले नै भनिरहेका छन् । ६ वटा प्रदेशमा त उहाँकै पार्टीका मुख्य मन्त्रीहरु हुनुहुन्छ । उहाँहरु केन्द्रले हामीलाई अधिकार दिएन भनिरहनुभएको छ । संविधानको मर्म र भावनाअनुसार अधिकार प्रत्यायोजन भएको छैन । दोस्रो हाउसमा आएका विधेयकहरु पनि विवादमा परेका छन् । हामीले सहमतिबाट बनाएको संविधानलाई बहुमतबाट विधेयक बनाएर नियन्त्रण गर्ने कोसिस गरिएको छ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवअधिकार हनन् गराउने विधेयक यो सरकारले ल्याएको थियो, त्यो अहिले विवादास्पद भएर बसेको छ ।
पछिल्लो समय सरकारले केही प्रगति गर्न खोजेको देखिन्छ नि ?
शान्तिसुरक्षाको कुरा गर्दा देशैभरि हत्या, बलात्कार, गण्डगर्दी भइरहेको छ । यसमा दोषीलाई कारबाही गर्न सकेको छैन । आर्थिक क्षेत्र लथालिंग भएको छ । व्यापारव्यवसाय चौपट भएको छ । यही अवस्था रहीरहने हो भने अर्को वर्षदेखि सरकारले कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था पनि छैन । महंगी त्यस्तै बढेको छ । ब्यापारघाटा त्यत्तिकै बढेको अवस्था छ । राजश्व उठाउन सकिरहेको छैन । आर्थिक मन्दीको अवस्था भइरहेको छ । यो सरकार अहिले लाजले गफ पनि गर्न छोडिसकेको छ । बाटोघाटोका कुरा गर्ने हो भने त्यस्तै छ । अहिले विगतका सरकारहरुले काम गरेर अन्तिम, अन्तिम पु¥याएको काम पुरा भएर त्यसको उद्घाटन गर्ने काम भएको छ । मेलम्चिको पानी पोहोर दशैंमा आउँछ भनेको होइन ? अहिले त्यसको हालत के छ ? । जुनसुकै योजना, आयोजनाहरु लथालिंग भएको छ । यो सरकारको क्रियाकलापले जनता निरास भएका छन् । हामीले बनाएको संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध नै त्यो निराशाको भावना जाग्ने हो कि भन्ने चिन्ता भएको छ ।
ठेकेदारको कुरा गर्दा शारदा अधिकारीको पनि थाहा भयो होला नि ?
ठेकेदारमार्पmत हुनुपर्ने कतिपय विकासनिर्माण कामहरु पछिल्लो समय धेरै बिग्रिएका छन् । कतिले त ठोक्का लिएर कामै नगरेको उदाहरणहरु पनि छन् । कतिले बिचैमा काम छोडेर आयोजनाहरु अलपत्र परेका धेरै उदाहरणहरु छन् । यसमा जब राज्यसञ्चालकहरु नै त्यस्ता कुराहरुलाई प्रोत्साहन दिन्छन् । अनि यस्ता घटनाहरु हुन्छन् । ठेक्का दिनेबेलामा तेरो र मेरो, तेरो पार्टी र मेरो पार्टी भन्ने जुन परिपाटी त्यसैको उपज हो । जहाँसम्म शारदा अधिकारको कुरा छ । घरमा बस्न दियो भन्दैमा ठेक्कै गर्नुपर्दैन । एउटा ठेक्का पुरा नभइकनै अर्को ठेक्का लिन पाइन्छ । यस्तो भएपछि सबै ठेकेदारहरु ठगदार भए । त्यसकारण राजनीतिवृत्तबाट तिनलाई संरक्षण गर्नुभएन । जुनसुकै अपराध होस् । अपराधलाई राजनीतिक संरक्षण भएपछि यो स्थिति देखिएको हो । अनियमितता गर्नेलाई कारबाही गर्नुपर्नेमा घर भाडामा बस्न पाएकोभरमा, बेलुका ह्वीस्की खुवाएको भरमा ढाकछोप गर्न थाल्नुहुन्छ भने देशमा ठगदारहरु बढिहाल्छन् नि ।
नेपाल–भारत सीमा विवादको समाधान गर्न कुटनीतिक पहल कि भातृ संस्थालाई सडकमा उतारेर ?
उच्चस्तरीय कुटनीतिक माध्यमबाट नै यो समस्याको समाधान हुने हो । यो कुरा हामीले सर्वदीय र सर्वपक्षीय बैठकमै भनेका छौं । यसबारे प्रधानमन्त्रीले मुख पनि खोज्नुभएको थिएन । अस्ति बल्लबल्ल मुख खोल्नुभएको छ ‘यो भूमि नेपालको हो’ भनेर । त्यो फेरि बालुवाटारमा युवासंघसँग भनेर मात्रै हुँदैन । यसको समाधानको लागि उच्चस्तरीय कुटनीतिक तरिबाट तथ्य, प्रमाण र दस्तावेजको आधारमा पहल गर्नुपर्छ । त्यसको लागि चाहिने सहयोग राजनीतिक दलहरुसँग माग्नुपर्छ । सहयोगका लागि सबै दलहरु तयार भएको अवस्था छ । जहासम्म सडकका कुरा छन् त्यसमा जनता आपैm आइरहेका छन् । कुनै पार्टीले ल्याउनुपरेको छैन । आफ्नो भूमिको रक्षाका लागि उनीहरु स्वस्पूmर्त रुपमा सडकमा आएका हुन् । यसलाई राजनीतिक दलहरुले समर्थन गर्नुपर्छ । File Photo



प्रतिक्रिया दिनुहोस्