Logo

‘कार्यकारी अध्यक्ष’ मा अड्किएको मन्त्रिमण्डल पुर्नगठन



काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल पुर्नगठनमा अल्झिएको एउटा भित्री पाटो खुलेको छ । त्यो पाटो हो कार्यकारी अध्यक्ष ।

गाँठो गएर प्रचण्डलाई कार्यकारी अधिकार दिने विषयमा गएर जेलिएको छ । प्रचण्डले दोस्रो वरियताको हैसियतमा भए पनि परिभाषित जिम्मेवारी खोजेका छन् । प्रचण्डलाई पार्टि सञ्चालनको जिम्मेवारी दिइने ओलीले गत भदौमै आश्वासद दिएका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई घटुवा गर्दा ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिएका थिए । अहिले प्रचण्डले त्यही भद्र सहमति अनुसार दोस्रो वरियताको हैसियतमा आफूले पाउने कामको खोजी गरेका छन् तर ओली त्यसका लागि तयार छैनन् । जसका कारण मन्त्रिमण्डल पुर्नगठनको काम अड्किएर बसको छ ।

तर, प्रचण्डलाई नै बदनाम गर्ने गरी अनर्गल प्रचारको शृंखला जारी राखिएको विषय छ । ओली प्रचण्डकी बुहारी विना मगरलाई हटाउने चाहने तर त्यसका लागि प्रचण्ड तयार नभएकोले रोकिएको भनी भ्रम बालुवाटारबाटै छरिएको बुझाई प्रचण्डको रहेको बताइन्छ । यो खबर आजको बुधबार साप्ताहिकले छापेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्