Logo

ओलीको उपचार नेपालमा नभए चीनमा



काठमाडौं,मंसिर ४ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि उनको उपचार कहाँ गर्ने भन्ने विषयलाई लिएर पार्टी भित्रका हितैषी तथा पारिवारिक सदस्यहरुबिच गम्भीर छलफल प्रारम्भ भएको छ ।

अमेरिकास्थित नेपालका कामचलाउ राजदूत अर्जून कार्की लगायतका अमेरिकी लविका व्यक्तिहरु ओलीलाई उपचारका लागि अमेरिका पु¥याउने कसरतमा लागेका छन् । ओलीका नीजि चिकित्सक पनि सोहि प्रयोजनकालागि अमेरिका पुगेर फर्किसकेका छन् भने उनका सल्लाहकार राजन भट्टराई पनि उपचारबारे बुझ्न अमेरिका गएका छन् ।

ओलीका खास केहि हितैसि भने अमेरिकामा उपचार गराउने पक्षमा छैनन् । यासेर अराफातलाई जस्तै मन्द बिष दिइनसक्ने आशंका बढ्दै गएपछि ओलीको उपचार नेपाल, चीन वा सिंगापुरमा नै हुनुपर्ने भन्दै निकटकर्ताले जोड दिएका छन् ।

ओलीको उपचारमा चासो देखाउदै नेपाल भ्रमणमा रहेको समयमा चीनका राष्ट्रपतिले आफुहरु बेईजिङमा उपचार गराउन तयार रहेको बताएका थिए । त्यसैले उपचारको लागि चिन जाँने वा नेपालमै उपचार गर्ने भन्नेबारे नेपालमै विशेषज्ञ टोली झिकाउने विषयले पनि यतिबेला मूख्य प्राथमिक्ता पाएको छ । घटना र विचार सप्ताहिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्